मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा चिसो बढेसँगै स्थानीयबासीहरू दाउरा संकलनमा व्यस्त भएका छन्। जङ्गलबाट सुकेका दाउरा टिप्नका लागि एक साताको लागि फुकुवा गरिएको छ। घरपझोम गाउँपालिका–४ र जोमसोम एक्याप (समुदाय वन उपभोक्ता समूह) संरक्षण तथा व्यवस्थापन समितिको संयुक्त निर्णयअनुसार आजदेखि एक सातासम्म (१२ पुससम्म) जोमसोम लेकको जङ्गलमा सुकेका दाउरा टिप्न पाइने भएको हो। स्थानीयहरूले…