‘सात भाइ’ले खोजे देउवाको उत्तराधिकारी, देउवाको जवाफ– ग्रीन सिग्नल कसैलाई दिएको छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन कसैलाई पनि वचन नदिएको बताएका छन्। मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नो निवासमा पुगेका पार्टीका वरिष्ठ नेताहरूसँगको भेटमा देउवाले यो कुरा स्पष्ट पारेका हुन्। भेटमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री डा। प्रकाशशरण महत…