काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरमा उपचार सकेर शुक्रबार राति काठमाडौँ आइपुगेका छन्। देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर एयरलाइन्सको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनीहरू कात्तिक १० गते स्वास्थ्य जाँच र उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा…