प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र देउवाबीचभेटवार्ता भएको हो । भेटवार्तामा पछिल्ला घटनाक्रम र सरकारकै नियमित कामकार्बाहीबारे छलफल भएको बुझिएको छ । देउवा बालुवाटार आउने भएपछि ओली पार्टीको सचिवालय बैठक छोट्याएर फर्किएका थिए ।