बालेनलाई ‘हेडसरहरू’काे काउन्टर : आन्दोलनमा आउन शिक्षकहरूलाई उर्दी !

काठमाडाैँ । आन्दोलनका नाममा काठमडौँका विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुर्‍याए शिक्षकहरूलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनीलाई चुनौती दिँदै प्रधानाध्यापकहरूले आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई उर्दी नै जारी गरेका छन् । बुधबार काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति नै जारी गरेर यसबारे जानकारी गराएका हुन् । ३० जना प्रधानाध्यपकहरूले उक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्…