अस्पताल निर्माणमा ठेकेदारकाे लापरबाही, अढाई वर्षमा सक्नुपर्ने काम ५ वर्षमा पनि सकिएन

कैलाली । सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो । २०७४ कात्तिक २७ गते २१ करोड रुपैयाँ लागतमा दुई तले नवजात र मातृशिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रविना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार…