नेपाल आफैँमा पुण्यभूमि हो । मेचीदेखि महाकालीसम्म अनगन्ती हिमाल पहाडहरू छन् । हरेक स्थानमा देवीदेवताको बासस्थान छ । नेपालको पूर्वी जिल्ला संखुवासभा जिल्ला धार्मिक तथा प्राकृतिक सम्पदाले सम्पन्न छ । संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा अवस्थित `शिवधारा´ विश्वकै नमुना तीर्थ हो, जहाँ साक्षात शंकर भगवानको दर्शन हुन्छ । खाँदबारीबाट गाडीमा करिब ५ घन्टा हिँडेपछि नुम पुगिन्छ…