कान्ति लोकपथ सडक ४५ दिन बन्द

ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिंगन भएर हेटौँडा पुग्ने कान्तिलोकपथ ४५ दिनका लागि बन्द हुने भएको छ। ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्ति लोकपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए। ‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड…