स्वास्थ्यचौकी भवन निर्माण अलपत्र

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ । गौरी–पार्वती न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीले २०७८ फागुन २७ गतेसम्म स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न गर्ने गरी २०७७ मंसिर ११ गते सम्झौता गरेको थियो । २…