काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तयारीमा छन्। भारत भ्रमणका लागि हैदराबाद हाउसजस्तो परम्परागत स्थान छाडेर बोधगयालाई रोजिनु नेपाल–भारत सम्बन्धमा कूटनीतिक दृष्टिले विशेष महत्त्वको रूपमा हेरिएको छ। प्रधानमन्त्री ओली दुईदिने औपचारिक भ्रमणका लागि आगामी भदौ ३१ गते भारत जाँदैछन्। प्रधानमन्त्री बनेको करिब १४ महिनापछि उनले…