काठमाडौं । नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ । केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपैयाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो । सङ्घका अनुसार वीरगन्जको एभरेस्ट चिनी उद्योगबाट बुधबार बिहान काठमाडौँ आइपुगेको तीन सय बोरा वा १५० क्विन्टल…