म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलासडक योजनाको ८ वटा खण्ड स्तरोन्नति गरिएको छ । पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २ सय २ किलोमिटर दूरीको सडक २ लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷०७४ देखि सुरु भएको सो योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति सकिएको हो । म्याग्दी, मुस्ताङ र…