काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतीक्षा हलमा लगेजमा आगलागी भएको छ। आइतबार बिहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगो लागेको हो । उनका अनुसार चीन जान बोर्डिङ लिएर कुरिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासि आगो लागेको हो। लगेजमा पावर बैंकबाट ल्यापटप चार्ज गरेर राखिएको बताइएको छ ।