काठमाडौं । कर्मचारी सञ्चय कोषले पछिल्ला दिनमा संस्थाको सुदृढीकरण र आधुनिकीकरणमा जोड दिएको कोषका प्रशासक जीतेन्द्र धितालले बताएका छन् । ढड्डाबाट सुरु भएको संस्थालाई पूर्णरुपमा डिजिटल बनाइसकेको बताउँदै उनले सेवाग्राहीलाई सहजरुपमा कसरी सेवा दिन सकिन्छ भनेर आन्तरिक सुधारका कामलाई अगाडि बढाएको बताए । कोषले हिसाबकिताब तथा बैंक तथा वित्तीय संस्थासँगको समन्वयको कामलाई पनि सेवाग्राहीको उपस्थितिबिना…