मध्यभोटेकाेसी निर्माण अन्तिम चरणमा, सबस्टेसन बनिनसक्दा बिजुली खेर जाने चिन्ता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकाेसी जलविद्युतकाे निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ । मध्यभाेटेकाेसीको निर्माण २ महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम…