सय दिन भित्र गर्न सक्ने कामको कार्य योजना सोमबारसम्म पेश गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिन भित्र गर्न सक्ने कामको कार्य योजना बनाई २८ गते सोमबारभित्र पेश गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रत्येक मन्त्रालयका सचिवहरूलाई पत्राचार गर्दै कार्य योजना बनाई पेश गर्न भनेको हो । ‘प्रतिनिधि सभामा गरेको सम्बोधन र मन्त्री–सचिवहरूलाई दिएको सामूहिक निर्देशनसमेतका…