काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुले उठाएको जिज्ञासामा जवाफ दिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जिज्ञासा राखेका थिए ।जिज्ञासाहरुको जवाफ बुधबार प्रधानमन्त्री शाहले दिने कार्यसूची थियो । तर प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ…