काठमाडौँ, – आज (बिहिवार )देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु भएको छ। निर्वाचन आयोग का अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ७७ वटै जिल्लामा एकै चरणमा मतदान हुँदैछ। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो। यस निर्वाचनमार्फत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल…