देउवा र पदाधिकारीबीच आज निर्णायक छलफल

काठमाडौ । नेपाली कांग्रेसको आगामी महाधिवेशन नियमित गर्ने कि विशेष भन्ने विवाद मिलाउन सभापति शेरबहादुर देउवा निरन्तर छलफलमा जुटेका छन्। आज (शनिबार) दिउँसो २ बजे आफ्नै निवास महाराजगञ्जमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग उनले फेरि छLफल गर्दैछन्। शुक्रबारको छलफलमा सभापति देउवाले विशेष महाधिवेशनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका थिए। उनले आफू नेतृत्व छोड्न तयार भएको बताउँदै…