काठमाडौ - पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा अनियमितता प्रकरणमा विशेष अदालतको आदेशअनुसार ३५ लाख रूपैयाँको बैंक ग्यारेण्टी बुझाएका छन्। उनी बुधबार राति अबेर धरौटी बुझाएर फर्किएका छन्। विशेष अदालतले उनलाई साउन १३ गते तारेखका लागि बोलाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई…