काठमाडौ । राष्ट्रिय समाचार समिति (रासस)ले आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्वतीय पर्यटनको विश्वव्यापी सम्भावनालाई उजागर गरेको छ। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले यो प्रदर्शनीले नेपालको प्राकृतिक र सांस्कृतिक पहिचानलाई विश्वमाझ फैलाउने महत्वपूर्ण अवसस प्रदान गरेको बताएका छन्। राससको आफनै भवनमा आयोजित यो प्रदर्शनीमा…