फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले भोगेको अनपेक्षित पराजयलाई पार्टीले बहुआयामिक कारणसँग जोड्दै विस्तृत समीक्षा गरेको छ। पार्टीका प्रदेश, जिल्ला तथा क्षेत्रीय तहका नेताहरूले मतदाताको ‘स्विङ’, नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षण, प्रतिकूल राजनीतिक वातावरण तथा पार्टी सञ्चालनमा देखिएका कमजोरीलाई हारका प्रमुख कारणका रूपमा औंल्याएका छन्। कांग्रेस गण्डकी प्रदेश कार्यसमितिकी उपसभापति…