जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियासँग मतभेद बढ्दै जाँदा जिल्ला प्रहरी प्रमुखहरू स्वेच्छिक सरुवा मागेर कार्यक्षेत्र छाड्न थालेका छन् । पछिल्लो घटनाक्रममा रौतहट र बाराका प्रहरी प्रमुखहरूलाई एकैसाथ स्पष्टीकरण सोधिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले रौतहटका एसपी सीताराम रिजाल र बाराका एसपी नरेन्द्र कुँवरलाई गत बिहीबार स्पष्टीकरण मागेको हो । यसअघि…