मोजतबा खामेनेईको जानकारी दिनेलाई १ करोड डलर पुरस्कार घोषणा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेई र अन्य उच्चपदस्थ इरानी अधिकारीबारे पहिचान वा जानकारी दिनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । फेब्रुअरी २८ मा इरानी सैन्य प्रतिष्ठानलक्षित अमेरिकी–इजरायली आक्रमण र त्यसको जवाफमा मध्यपूर्वभरि भएका मिसाइल तथा ड्रोन प्रत्याक्रमणपछि क्षेत्रीय शत्रुता बढेसँगै अमेरिकाले यस्तो निर्णय गरेको हो ।…