काठमाडौ । हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथ आइतबार (जेठ २५, २०८२) देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। वाग्मती नदीको मकवानपुरतर्फको पुलमा बेलिब्रिज जडान कार्य शनिबार राति १२ बजेसम्म सम्पन्न हुने र आइतबार बिहानदेखि सडक खुल्ने कान्ति लोकपथ सडक आयोजनाका प्रमुख रत्नलक्ष्मी बज्राचार्यले बताएकी छन्। "शनिबार राति १२ बजेसम्म काम गरेर भए पनि आइतबार…