गरिमा विकास बैंकले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर दिने

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा आइतबार पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड…