काठमाडौ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता भएको छ । नबिल इन्भेष्टमेन्ट र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच साधारण सेयर (आईपीओ) निष्कासनमा सहयोग गर्ने सम्झौता भएको हो । साथै, कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धताजस्ता सहयोगी भूमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको हो । सम्झौतामा श्रीनगर एग्रिटेकका प्रबन्ध…