काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले यही पुस २५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली र उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपिओ निष्कासन गर्ने भएको हो। कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन…