हुम्ला । दशकयता सडक नपुगेको गाउँबस्ती बिरलै भेटिएलान् । १ दशकअघिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाहीँ समान ओसारपसार गर्ने गरिरहन्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी आ–आफ्नो प्रचारका निम्ति डोजर चालक तथा सहचालकले नापेका…