निजगढ विमानस्थल निर्माण सरकारको प्राथमिकतामा

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको कार्यलाई अघि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०।२०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विमानस्थल निर्माणअघि बढाइने बताएका छन् ।