सेयर लगानीकर्ताले बढी पुँजीगत लाभकर तिर्नुपर्दैन : अर्थ मन्त्रालय

काठमाडाैँ । सेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको विरोधमा सेयर लगानीकर्ता आज अर्थ मन्त्रालय पुगेका थिए । लगानीकर्तासँगको छलफलका क्रममा अर्थ मन्त्रालयका अधिकारीले साविक कार्यान्वयनमा रहेको पुँजीगत लाभकर नै अन्तिम रहेको बताएका थिए ।…