वीरगञ्जमा पालाको व्यापार बढेन

पर्सा । वीरगञ्ज महानगर-११ रानी घाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघर चोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहेका छन् । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्छन् । “अघिल्ला वर्षमा त दिनकै रु. पाँच हजारसम्म व्यापार हुने गर्थ्यो…