काठमाडौं । मङ्सिर महिनाको लागि वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ। माछापुच्छ्रे बैङ्कको मात्र मुद्दती निक्षेपको ब्याजदर बढेको तथ्थांकमा उल्लेख छ। बाकी ६ वटाको भने कात्तिक महिनाकै ब्याजदर यथावत् रहेको देखिन्छ। औसतमा २० वाणिज्य बैंकहरूले ०.३३ प्रतिशतले ब्याज घटाएका छन्…