एकैदिन ८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । आज बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । हिजोको तुलनामा सुनको मूल्य ८०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम छ…