काठमाडौँ । देशभर एकसाथ ५१ विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् । ऊर्जामन्त्री बस्नेतले उद्घाटन गरेसँगै नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन एकसाथ सञ्चानलनमा आएको हो ।…