नेपाल लाइफद्वारा दूधकुण्डमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बू जिल्लाको ४६३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिक स्थल दूधकुण्डमा तीर्थयात्रीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भदौ ११ देखि १४ गतेसम्म निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको इन्स्योरेन्सले जनाएको छ । शिविरबाट ४२२ जना भक्तजन प्रत्यक्ष लाभान्वित भएका छन् ।…