त्रिवेणी- नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन्। जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो। जिल्लाका चार वटा पालिकाको २५ वटा किसान समूहले प्याजका नर्सरी तयार गरेका छन्। कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट…