काठमाडौँ । नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेर आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।…