‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण

काठमाडौँ। चलचित्र समीक्षक समाज (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । शनिबार काठमाडौँस्थित पर्यटन बोर्डको सभाहलमा एक समरोहको आयोजना गर्दै समाजले २०८१ र २०८२ सालका विजेतालाई संयुक्त रूपमा अवार्ड प्रदान गरेको हो । समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले समीक्षा संस्कृतिले चलचित्रलाई सही दिशातर्फ डोहोर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “समीक्षा र चलचित्रबीच ‘लभ एन्ड हेट’को सम्बन्ध…