लीला अनमाेल,काठमाडौँ। कविता बारीको डीलमा उभिएर हेर्छु अम्बाको बुट्टाले माटो चपाउँदै जरा फैलाएछ हिजोअस्ति मात्र पलाएको पालुवा आज सिङ्गो आकाशतिर हात बढाउँदै हुर्किएछ। खोरबाट फुत्किएको बाख्राको पाठो मकैका ढोडहरू नाघ्दै, बुरुक-बुरुक उफ्रिँदै बैँसको नयाँ पदचाप पछ्याउँदै बढेछ। र, काँडाहरूको पहराभित्र लुकेको गुलाब गर्वले छिप्पिएर, एउटा सिङ्गो मुस्कानझैँ कोपिलामा फक्रिएछ। यी सब…