अब अमेरिकामा प्रदर्शन हुदै ‘मन बिनाको धन’

नेपालमा पाँचौँ हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेको चर्चित चलचित्र ‘मन बिनाको धन’ अब अमेरिकामा समेत प्रदर्शन हुने भएको छ। सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको यस चलचित्रले देशभर दर्शकको मन जितिसकेको छ। ग्रेट इभेन्ट मुभीको प्रस्तुतीमा चलचित्रलाई अमेरिकी दर्शकसमक्ष लैजाने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।…