भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच शिलान्यास गरे । नयाँ भवन निर्माण भएपस्चात सेवा प्रवाहमा सहज हुने अध्यक्ष राईले विश्वास व्यक्त गरे । “प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या छ,” उनले भने, “नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता…