जुम्ला। मुगुको छायानाथ रारा नगरपालिका-१२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिम भएका ३४ घरपरिवारलाई जुम्लास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले स्थानान्तरण गरेको छ । भवन निर्माण आयोजना जुम्लाका सब-इन्जिनियर चन्द्रबहादुर खड्काले भने, 'छायानाथ रारा नगरपालिका-१२ लुम्सा गाउँमा बाढीपहिराका कारण विस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका-९ स्थित चिमाथमा बस्ती सारिएको छ ।' घर स्थानान्तरणका लागि संघीय…