काठमाडौं–निजगढ द्रुतमार्ग : विस्फोटक पदार्थ उपलब्ध नहुदा काम प्रभावित

काठमाडौं । नेपाली सेनाले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण भारतले विस्फोटक पदार्थ मागअनुसार उपलब्ध नगराउँदा काम प्रभावित भएको जनाएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा नेपाली सेनाले भारतबाट विस्फोटक पदार्थ आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माण ढिलाइ भएको जनाएको हो । समतिको बैठकमा नेपाली सेनाका प्राविधिक महासेनानी भरतलाल श्रेष्ठले सो जानकारी गराएका हुन् ।…