काठमाडौ । सबै मौसममा नियमित उडान होस् भनेर विमानस्थलको स्तरोन्नति गरिन्छ । तर ग्राभेल हुँदा सञ्चालन हुने गरेका विमानस्थल धावन मार्ग स्तरोन्नति गरी कालोपत्रे बनाएपछि चाहिँ सञ्चालन भएका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कालोपत्रे भएर सञ्चालनमा आउन नसकेका विमानस्थल नौ वटा छन् । ती नौ विमानस्थलमा बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको…