काठमाडौं । महानगरभित्र रहेका मुख्य सडकखण्डका खाल्डा टाल्न थालिएको छ । सडक डिभिजन काठमाडौंले आफ्नो जिम्मेवारीमा रहेका महानगरभित्रका सडकखण्डका खाल्डा टाल्न थालेको हो । सिंहदरबारको बाहिरी सडक, रत्नपार्क, चाबहिल, भद्रकाली, नक्साल, बालुवाटार, कमलादी, नागपोखरी, तिनकुने, सिनामंगल, एयरपोर्ट, कालीमाटी, कुलेश्वर, माइतीघर, त्रिपुरेश्वर, जमल, सहिदगेट, अनामनगर, लैनचौर ठमेललगायत क्षेत्रका सडकमा अस्थायी किसिमले खाल्डा पुरिएको डिभिजनले जनाएको छ । सडकका खाल्डामा…