ठेकेदारकाे चरम लापरबाही : समयमा सडक नबनाउँदा २ जनाले गुमाए, बिरामीलाई सास्ती

कञ्चनपुर । कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे ६ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने एकमात्र सडक तोकिएको समयभन्दा दोब्बर समय बितिसक्दा पनि कालोपत्र हुन नसकेपछि स्थानीयस्तरमा विरोधका कार्यक्रम अघि बढ्न थालेका छन् । धनगढीस्थित हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कञ्चनपुरका…