२ घण्टाको बाटो पार गर्न ७ घण्टा !

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको छ । यसखण्डको सडकमा बनेका ठूला–ठूला खाल्डाका कारण गन्तव्यसम्म पुग्दा ढिलो तथा यात्रा निकै नै कठिन हुने गरेको नियमित हिँड्डुल गर्ने यात्रुहरु बताउँछन् । कावासोतीको थकालीचोकमा व्यवसायी माधव सुवेदी यहाँबाट नारायणगढ पुग्न करिब २ घण्टा लाग्ने गरेको गुनासो गर्छन्…