काठमाडौँ । मुग्लिन–पोखरा सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा ४ लेनको बनाउन सुरु गरिएको सडकको काम कछुवाको गतिमा भइरहेको छ । पर्यटकीय क्षेत्र पोखरा पुग्ने मुख्य सडकको निर्माण कार्यमा ढिलाइ हुँदा दैनिक हजारौँ यात्रुले सास्ती भोगिरहेका छन् । विस्तारको काम व्यवस्थित नहुँदा धुलो र हिलोका कारण समस्या झन् थपिएको छ…