पोखरा । कान्तिपुर टेलिभिजनकर्मी ऋषिकान्त पौडेल ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार –२०८०’ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट पौडेल सम्मानित भएका हुन् । प्रा.लि.को पाँचौँ वार्षिक साधारणसभाको अवसर पारेर आज पोखरामा आयोजित कार्यक्रममा पौडेललाई पुरस्कृत गरिएको हो । विगत १७ वर्षदेखि पत्रकारितामा क्रियाशील…