बेनी–जोमसोम सडक अवरुद्ध, ३ दिनदेखि यात्रु अलपत्र

बेनी । गत शनिबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् । रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा–३ बैसरीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका भारतीय, तेस्रो मुलुकका पर्यटकलगायत यात्रु बीच बाटोमा…