काठमाडौँ । हुलाकी राजमार्ग आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माण सुरु भएको १ दशकभन्दा बढी भयो । तर, अहिलेसम्म आयोजना निर्माणको काम सम्पन्न हुन सकेको छैन । आर्थिक वर्ष २०६६/०६७ देखि निर्माण सुरु भएको हुलाकी राजमार्गको हालसम्म ६० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण र सहायक…