दोलखामा सुख्खा पहिरो : एक जनाको मृत्यु र २ जना घाइते

दोलखा । दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। सोमबार दोलखाको बिगु गाउँपालिका-१ लामाबगरबाट लप्ची जाने सडक निर्माणको क्रममा सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएर बिगु गाउँपालिका-१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु…